इलामका किसानलाई दूधको भुक्तानी दिन माग

फिक्कल (इलाम), २१ माघ : इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास संस्थान (डिडीसी) विराटनगर शाखाबाट किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन कोशी प्रदेश सरकार र नेपाल सरकारसग माग सो माग गरेको हो । डिडिसीले इलामका किसानलाई २०८० साउनदेखि पुस महिनासम्मको रु नौ लाख ५६ हजार पाँच सय ६० लिटर दूधको भुक्तानी दिन बाँकी छ ।

डिडीसिले बिब्ल्याँटेस्थित दूग्ध चिस्यान केन्द्रलाई दुई लाख ११ हजार ५० लिटर, तीनघरेस्थित दूग्ध चिस्यान केन्द्रलाई दुई लाख ६१ हजार छ सय १० लिटर, फिक्कलस्थित दूग्ध चिस्यान केन्द्रलाई एक लाख ८२ हजार चार सय लिटर र शान्तिडाँडास्थित दुग्ध चिस्यान केन्द्रलाई तीन लाख एक हजार चार सय लिटर दूधको भुक्तानी दिन बाँकी रहेको छ ।

डिडिसीबाट किसानले पाउनुपर्ने करोडौँ रकम भुक्तानी बाँकी रहेकाले नगरसभाबाटै निर्णय गरी तत्काल भुक्तानीको व्यवस्था मिलाउन प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो । “दुग्ध चिस्यान केन्द्रले डिडिसीबाटै भुक्तानी नपाएकाले किसानले दूधको भुक्तानी पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “यसको प्रत्यक्ष असर किसानले खेप्नु परेकाले चाँडो समस्या समाधानका लागि पहल गर्न प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको हो ।”

डिडीसीले पछिल्लो छ महिनासम्मको दूधको भुक्तानी नदिएपछि ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादन व्यवसाय सञ्चालन गर्दै आएका किसानहरु समस्यामा परेका छन् । “साउनदेखि हालसम्मको दूधको रकम पाइएको छैन, कहिले पाइने हो त्यो पनि थाहा छैन”, इलाम नगरपालिका–५ का किसान बीरबहादुर अधिकारीले भन्नुभयो, “यसले हामीजस्ता तल्लो तहका किसानहरुलाई असर परेको छ । चाँडो भुक्तनीको व्यवस्था मिलाउन प्रदेश र सङ्घीय सरकारले आवश्यक पहल गर्नेमा विश्वस्त छौँ ।”

यस्तै नगरसभाले डिडिसीअन्तर्गत बन्द रहेको पुवाखोला चिस्यान केन्द्र र बाघखोर चिस्यान केन्द्र पुनःसञ्चालनको व्यवस्था गर्न, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनका लागि नीति तथा कार्यक्रम लागू गर्न, गाईपालक किसानलाई अनुदान दिन, ऋण सुविधा र बिमाको व्यवस्था गर्न, नश्लसुधार बढाउन, विदेशबाट आयात हुने दुग्धजन्य उत्पादन नियन्त्रणका लागि भन्सार विन्दूमा क्वारेन्टाइन चेक र नियन्त्रण गर्न, लम्पीस्किन रोगबाट मरेका किसानलाई राहत उपलब्ध गराउन र इलामको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न पनि माग गरेको छ ।

इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दूध उत्पादन हुने गरेको र दैनिक दुई हजार लिटर दूध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दूध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मिठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ । जिल्लामा भने निजी उद्योगहरूमा दैनिक ५३ हजार लिटर हाराहारीमा दूध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दूध बिक्री गर्दै आएका छन् ।

जिल्लामा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दूधजन्य पदार्थ उत्पादन हुने गरेको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।