आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय सङ्कटमा

अत्तरिया (कैलाली), २१ माघ : आधुनिकीकरण हुन नसक्दा यहाँका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् ।

कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताउनुभयो । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा पाउन थाले । हामीले आरनमा बनाएका सामानमा मेहनत बढी लाग्ने र महँगो पनि पर्ने भएकाले बिक्री गर्न पनि समस्या भएको छ”, उहाँले भन्नुभयो, “कोइला किन्नुपर्छ । नयाँ सामान बनाउनका लागि दुईजना आरनमा चाहिन्छ । घनले फलाम पिटेर सामान बनाउनुपर्छ ।”

एउटा हँसियालाई रु पाँच सयदेखि पन्ध्र सयसम्ममा बिक्री गर्ने गरेको तिरुवाको भनाइ थियो ।“म हँसिया, कुटो, कोदालो, बञ्चरो, ताउलगायत कृषि र घरायसी प्रयोजनका सबै सामान बनाउँछु । पाँच जनाको परिवार यसैबाट पालेको छु ।” उहाँले भन्नुभयो, “आरनकै सीप सिकेकाले अन्य काम गर्न पनि मन लाग्दैन । तर यसमा मेहनत धेरै छ । आम्दानी कम छ । त्यसैले त अहिले यो व्यवसाय धेरैले छोडिसके । नयाँ पुस्ताले त झन यो काम सिक्न नै मन पराउँदैनन् ।”

सरकारले आधुनिक किसिमका विद्युतीय औजारको व्यवस्था गरिदिए हामीलाई पनि काम गर्न सजिलो हुन्थ्यो । आरनको काम गर्ने पनि बढ्थे होला । समयानुकूल आरन व्यवसाय परिवर्तन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको सोही ठाउँका ५० वर्षीय शेरबहादुर तिरुवाले बताउनुभयो ।उहाँले भन्नुभयो, “कोइला पाइँदैन । वनबाट दाउरा काटेर ल्याउन नमिल्दा गोल किन्नुपर्छ । औजार पनि आधुनिक किसिमका भएनन् । पुराना औजारबाट बनाइएका सामान महँगा हुनाका साथै ग्राहकले किन्न पनि मन पराउँदैनन् ।”

“आधुनिक जमानामा हामीले काम गर्ने औजार पुरानै भए । औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो । नयाँ पुस्ताले पनि काम गर्थे होला । “कृषि कार्यमा चाहिने सबै सामान बनाउँछु”, शेरबहादुरले भन्नुभयो, “कमाइ त हुन्छ । सम्पूर्ण घरखर्च यसै आरनको कमाइबाटै चलाएको छु । यसैबाट दस जनाको परिवार पालेको छु । दैनिक एक हजारसम्म कमाइ गर्छु ।”

समयअनुसार परिवर्तन हुन नसक्दा परम्परागत सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको गोदावरी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परागत सीपमा आधारित यस्ता व्यवसाय हामीले संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी पनि सिर्जना गर्ने भएकाले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सकेसम्म पहल गर्छु ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।