युवा विदेश पलायन हुँदा भेडापालन पेसा सङ्कटमा

रुकुम, २१ माघ : रुकुमपूर्वको तकसेराका करबहादुर बुढा यतिबेला भेडा लिएर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ को ठूलीदहमा पुग्नुभएको छ । कात्तिक लागेसँगै पाटनबाट झरेका भेडा ठूलीदहमा छन् । करबहादुरसँगै तीन घरपरिवारले ठूलीदहमा भेडा ल्याएर बसेका हुन् । रुकुमपूर्वको मगर समुदायको मुख्य पेसा भनेकै भडापालन हो ।

करबहादुरले १५ वर्षको उमेरमा आफ्नो बाजेसँगै भेडा गोठालो जाने गरेको बताउनुभयो । उहाँको बाजेपछि बुवाले भेडा पाल्नुभयो । भेडाको बथान लिएर दाङ र सुर्खेतसम्म पनि झर्नुभयो । बाजे, बुवाले धानेको पेसा अहिले करबहादुरले धान्नुभएको छ ।

करबहादुरका छोरा अहिले गाउँमा छैनन् । छोराहरुले बाजे र बुवाले गरेको पेसा छाड्दै गएका उहाँले बताउनुभयो । आफू १५ वर्षको हुँदा बाजेसँग भेडा गोठालो गएको भए पनि छोराहरु आफूसँग कहिले गोठालो नगएका करबहादुरको भनाइ थियो । “कुनै समय १५ सय भेडा हुन्थे । अहिले मुस्किलले चार सय छन्”, उहाँले भन्नुभयो ।

युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यहाँको मगर समुदायको भेडापालन पेसा लोभ हुने हो कि भन्ने चिन्ता जेष्ठ नागरिकलाई छ । “हाम्रा बाजे, बाले सुर्खेत, दाङसम्म भेडा झार्नुहुन्थ्यो । त्यहीबाट च्याङ्ग्रालाई नुन, चामल बोकाएर वैशाख, जेठमा फेरि पाटनतिर फर्कनु हुन्थ्यो । अहिले हामीले मुस्किलले यहाँसम्म ल्याएर आएका छौँ । छोरा कोही सहर त कोही विदेश गएका छन्”, उहाँले भन्नुभयो, “अबका युवाले हामीले धानेको यो पेसा छाड्दै गएका छन् ।”

तकरसेराका तेजमाया बुढा पनि भेडा लिएर ठूलीदह पुग्नुभएको छ । उहाँको छोरा पढाइ गर्न भर्खरै अमेरीका जानुभयो । उहाँ पनि सानै उमेरदेखि भेडा गोठालो जाने, पाटनमा रमाउन सिक्नुभयो । अहिले पनि भेडा पालन व्यवसाय छोड्न सक्नुभएको छैन ।

“कात्तिकमा ढोरपाटन पाटनमा रहेका भेडा रोल्पाको थवाङ हुँदै यहाँ ल्याएका हाँै । सधैँ म भेडाको पछिपछि हिँड्छु । छोराछोरी भेडाको गोठालो गर्न मान्दैनन् । मेरो छोरो भर्खर पढन् भनेर अमेरीका गएको छ”, तेजकुमारीले भन्नुभयो । भेडापालनबाट मनग्य आम्दानी नभए पनि आफ्नो गुजारा चलाउन सकिने उहाँको भनाइ छ ।

“भेडाहरु छुट्टै बिक्री गर्ने भन्ने हँुदैन । भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ । त्यही सामग्री बचेर आम्दानी गर्ने गरेका छौँ”, तेजकुमारीले भन्नुभयो, “कुनै समय तरसेराबाट १५ घरपरिवार भेडा लिएर रुकुमपश्चिमको ठूलीदहसम्म पुग्ने गर्दथ्यो । अहिले भने तीन घरपरिवार मात्रै भेडा लिएर ठूलीदह आएका छन् ।”

अधिकांश युवा विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोभ हुने चिन्ता भेडापालक किसानको छ । गाउँमा पछिल्लो पुस्ताले भेडा गोठालो गर्न मान्दैनन् । सरकारले पनि भेडा पाल्दै आएका किसानका लागि प्राथमिकता नदिएको उनीहरुको गुनासो छ ।

भेडापालनका लागि फर्म दर्ता गरेको भए पनि किसानले व्यावसायिकरुपमा भेडापालन नगरेको कलम बुढाको भनाइ छ । “सरकारले भेडापालन व्यवसायलाई व्यवस्थित गर्ने भनेको छ । किसानले परम्परागत शैलीमा भेडापालन गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

अहिले पनि भेडालाई जङ्गल डुलाउने, रैथाने जातका पालन गर्ने, भेडाको ऊन काट्दा परम्परागत औजारको प्रयोग गरेको पाइन्छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।