प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा धनकुटा अस्पतालका विरामीलाई फलफूल वितरण

धनकुटा,२२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा धनकुटा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । सोमबार स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा काेशी प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणि पराजुली, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, जिल्ला प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा. अमिताव ठाकुर लगायतले बिरामीलाई फलफूल वितरण गरेका थिए ।

प्रेस चौतारीका अध्यक्ष रबिन कटेल, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठ, कोषाध्यक्ष रविन्द्र रनपहेली लगायतले पनि बिरामीहरूलाई फलफूल प्रदान गरेका छन् ।

उनीहरूले अस्पतालको इमर्जेन्सी, ओपीडी, पोष्टअप लगायतमा रहेका करिब दुई दर्जन भन्दा बढी बिरामीहरूलाई फलफूल वितरण गरिएकाे प्रेस चाैतारी धनकुटाका सदस्य सन्ताेष सुवेदीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖