पाख्रीबासमा आगलागी,पशुहरु जलेर भयो खरानी
धनकुटा । धनकुटाको पाख्रिबासमा आगलागी भएको छ ।
आज राती करिब २ बजेतिर पाख्रिबास वडा नं ४ स्थित रुक बहादुर गुरुंगको गोठमा आगलागी भएको हो ।
आगलागीमा परि २ वटा खसी,२ भेंडा,२ बाख्रा र १ वटा खसी जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
आगोलाई प्रहरी र स्थानियको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको छ ।


