धनकुटामा कर शिक्षा कार्यक्रम सम्पन्न

धनकुटा,२३ माघ । धनकुटामा कर शिक्षा कार्यक्रम आज करदाता सेवा कार्यालय धनकुटाको आयोजनामा र धनकुटा उद्योग बाणिज्य संघको सम्वन्यमा सम्पन्न भयो ।

करदाता सेवा कार्यालय धनकुटाका प्रमुख सुजन थापाको अध्यक्षतमा सम्पन्न भएको कर शिक्षा कार्यक्रमका प्रमुख अथिति धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले करलाई सरल र बैज्ञानिक बनाउदै करको दायरा फराकिलो बनाउदै लानु पर्ने वताउनु भयो । भने कार्यक्रमको संचालन करदाता सेवा कार्यालय धनकुटाका अनुजा पराजुलीले गर्नु भएको थियो ।

सो अवसरमा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी,धनकुटा उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष मन कुमारी तितुग,जिल्ला समन्वय समिति धनकुटका सदस्य रविन्द्र न्यौपाने,धनकुटा होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्ट,राष्टिय सहकारी बैक धनकुटा शाखाका प्रवन्धक सुमन श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष निर्मला राई ,श्रेष्ठ, कार्यवाहक महासचिव श्रीराम रायमाझी,कार्यकारी सदस्यहरु अम्विका धमला,सुनिता श्रेष्ठ लगायतका उद्योगी व्यापारीहरु,सहकारीकर्मीहरुले आ आफ्नो धारणा राख्दै कर शिक्षा र करको नया नितिको विषयमा समेत जिज्ञासा राख्नु भएको थियो ।

धनकुटाका उद्योगी,व्यापारी तथा व्यावसायीहरु,सहकारीकर्मीहरु र संचारकर्मीहरुको सहभागीता रहेको उक्त करदाता शिक्षा कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाका कम्प्यूटर अपरेटर सञ्जय पण्डितले प्यान,म्याट,अन्तशुल्कको वारेमा जानकारी दिदै डे वान,डे टु र डे थ्रि फर्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।