‘पत्रकारिता पेशालाई निष्पक्ष र बिश्वासनिय बनाउनु पर्छ’

भोजपुर । पत्रकारिता पेशालाई निष्पक्ष र बिश्वसनीय बनाउनु आवश्यक रहेको भोजपुरमा आयोजित कार्यक्रमका सहभागि अतिथी बत्ताले जोड दिनु भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले २६ औँ स्थापना दिवसको अवसरमा सोमवार गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका अतिथीले सो कुरामा जोड दिनु भएको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एक्सन राईले पत्रकारिता क्षेत्रमा चुनौती र सम्भावना थपिएकोले आधुनिक प्रबिधी अनुसार चल्न आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालका कारण सुचना प्रवाहहरुमा समेत सहजता भएको बताउनुभयो ।

सोहीक्रममा शुभकामना दिनु हुदै नेपाल प्रेश युनियनका प्रदेश सदस्य निरोज कोइरालाले पत्रकारले पहिलो प्राथमिकता समाचार सम्प्रेषण दिनु पर्ने बताउँदै जुन संगठनमा रहेपनि समृद्धि र बिकासका लागि आफनो दायित्व पत्रकारले पुरा गर्नु पर्ने बताउनु भएको थियो । पत्रकार महासंघका जिल्ला सचिव अर्जुन बस्नेतले जुन संगठनमा रहेपनि पत्रकारले निश्पक्षरुपमा काम गर्नु पर्ने बताउनुभयो ।

नेकपा एमाले भोजपुरका जिल्ला अध्यक्ष शरण कुमार राईले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको उत्साह कम देखिएकोले पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने खालका गतिबिधी पत्रकारका संस्थाहरुले गर्न जरुरी रहेको बताउनुभयो । समाजमा लुकेका कुराहरुलाई बाहिर ल्याउनका लागि खोज पत्रकारिता ध्यान दिन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

यस्तै नेकपा एमालेका कोशी प्रदेश सदस्य प्रेम कार्कीले परिवर्तनका पक्षमा कलम चलाएका पत्रकारहरु बिकास, समृद्धि र रुपान्तरणका लागि अझ सशत्त हुनु पर्ने बताउनुभयो । पत्रकारिता पेशालाई मर्यादित बनाउने तर्फ पनि ध्यान दिन पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मोहन दुरालको अध्यक्षतामा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।