धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा, २३ माघ । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सँधै सहयोग गर्ने धारणा राखे । उनले महालक्ष्मीको दमारमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि जाने खेलाडीहरूलाई गाडीको व्यवस्था मिलाइदिने प्रतिवद्धता पनि जनाएका छन् । सो अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राई, एनप्याब्सनका प्रदेश अध्यक्ष राजन पौडेल लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।

प्रतियोगिता उद्घाटनका क्रममा टुँडिखेलमा विद्यार्थीहरूले मार्चपास गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटा नगर क्षेत्रका १४ विद्यालयका विद्यार्थीहरू सहभागि रहेको आयोजक गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईँले जानकारी दिए । प्रतियोगितामा दौड, मार्सलआर्ट, भलिबल लगायत १४ प्रकारका खेल हुनेछन् ।

महिला र पुरुष दुवैतर्फ हुने प्रतियोगिताका विजेताले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । यही माघ २६ र २७ गते महालक्ष्मी नगरपालिकाको दमारमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता प्रतियोगिता हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।