मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

भरतपुर, २४ माघ : पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ ।

एक हजार एक सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग सात सय मिटर लम्बाइ र २० मिटर चौडाइको हुनेछ । पहिलो चरणमा उच्च स्तरको ग्राभेल गरिएको जनाउँदै उहाँले भविष्यमा थप स्तरोन्नति र विस्तार गर्न सकिने बताउनुभयो । झन्डै एक करोड २० लाखको लागतमा निर्माण कम्पनीले धावन मार्ग स्तरोन्नतिको काम गरिरहेको छ । यहाँ पछिल्लो समय नेपाली सेनाले प्याराजम्प गर्दै तालिम लिने गरेको छ । मेघौलीमा रहेका होटलले कहिलेकाहीँ जहाज र हेलिकप्टर चार्टर गरेर ल्याउने गरेका छन् ।

यसअघि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ मार्फत विमानस्थलको गुरुयोजना समेत निर्माण गरिएको छ । स्तरोन्नति नहुँदा घाँसेमैदान मात्रै रहेको विमानस्थल गौचरनजस्तै बनेको थियो । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसपश्चात् एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराइएको थियो । भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ । यस विमानस्थल भने कूल २३ बिघा क्षेत्रमा फैलिएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।