धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम

धनकुटा, २५ माघ : धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) र ऊर्जा नेपालको सहयोगमा अजम्बरी विकास फाउन्डेशन ललितपुरले गत भदौदेखि उक्त कार्यक्रम सञ्चालन ल्याएको हो ।

यस कार्यक्रमबाट सरकारले लिएको स्वच्छ भान्सासम्बन्धी लक्ष्य पूरा गर्न महत्वपूर्ण सहयोग पुग्ने यूएसआईडीका स्थलगत वरिष्ठ अनुगमनकर्ता दुर्गादेवी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत फाउन्डेसनले धनकुटामा ३२ र छथर जोरपाटीमा २० गरी ५२ वटा विद्युतीय इन्डक्सन चुला र भाँडा निःशुल्क वितरण गरेको छ ।

एक वर्ष समय अवधिसम्म सञ्चालनमा रहने उक्त कार्यक्रमअन्तर्गत चुलो वितरणपछि नगरका १० र पालिकाका छ वडामा सचेतना कार्यक्रम सम्पन्न भएका छन् ।

‘स्वच्छ भान्छा सामाजिक सञ्जाल प्रतियोगिता’, विद्युतीय चुलो बनाउने तालिम, महिला नेत्री तथा पत्रकारसँग अभिमुखीकरणलगायत थप कार्यक्रम सञ्चालन गरिने खड्काले जानकारी दिनुभयो ।

कार्यक्रमले आयातित ग्यासको सट्टा स्वदेशको विद्युत् प्रयोग गर्ने वैकल्पिक ऊर्जाका रुपमा प्रोत्साहन गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो । विद्युतीय चुलोको प्रयोगबाट ग्रामीण क्षेत्रका भान्सामा दाउराको कमी आएमा भान्सा र वातावरण दुवै स्वच्छ हुने उहाँको भनाइ थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।