मोरङको रङगेलीबाट चाँदीको सर-समान सहित १ जना पक्राउ

बिराटनगर,माघ २५ । मोरङको रङगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-समान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा चाँदीका समानहरुको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगाछी पञ्चायत-१३ का २२ बर्षीय मोहमत अलताफलाई चाँदीका समान सहित पक्राउ गरेको हो ।

अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी बरामद गरेको हो ।

अबैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।