पूर्वमन्त्री कार्की बयानका लागि सुटुक्क अख्तियार पुगे

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले अख्तियारमा सुटुक्क पुगेर बयान दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका नेता कार्की अख्तियारले पटक–पटक ताकेता गर्दा पनि बयानका लागि गएका थिएनन् । अन्ततः पक्राउ गरेर भएपनि बयान लिन अख्तियारको रणनीति थाहा पाएका कार्कीले सुटुक्क अख्तियार पुगेर बयान दिएका हुन् ।

टेरामक्स प्रकरणमा मुछिएका सबै कर्मचारीहरुले बयान दिइसक्दा पनि कार्कीले भने अटेर गरेर बसेका थिए । त्यस्तै, सोही प्रकरणमा मुछिएका बहालवाला स्वाथ्यमन्त्री मोहन बहादुर बस्नेत अझै बयान दिन गएका छैनन् ।

अख्तियारमा परेको उजुरीमा कल बाइपास रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता भएको उल्लेख छ ।

अख्तियारसँग डराइ–डराइ हिँड्नुपर्ने अवस्था सिर्जना भएपछि उनी आफन्त र पार्टीका नेताहरुकै सल्लाहमा बयान दिन गएको बताइएको छ । यसअघि बयानका लागि अख्यिारले ताकेता गर्दा अहिले पूर्व भएको जानकारी गराएको र धेरैजसो समय सम्पर्कमै नआएको अख्तियार स्रोतको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।