फागुन १ गते सार्वजनिक बिदा

रोल्पा । सर्वोच्च अदालतको फैसलाविपरीत रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन १ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ,‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०।१०।१७ गतेको निर्णयानुसार ‘जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिने’ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघि सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको थियो । जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा फागुन १ गते सार्वजनिक जनयुद्ध शब्द प्रयोग गरी बिदा दिन नमिल्ने उल्लेख छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘संविधानले नचिनेको शब्द प्रयोग गरी संविधान प्रतिकूल निर्णय गरेको भनी परेको यस विवादमा संविधानमा प्रयुक्त भएका उक्त शब्दलाई हेर्नुपर्ने र सोही आधारमा संविधानसभाको मनसाय पहिचान गर्नुपर्ने हुन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।