कक्षा १० मा पढ्ने १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ

दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ भएपछि उनी लामो समयदेखि बलात्कारमा पर्दै आएको घटना सार्वजनिक भएको छ।

किशोरीलाई बलात्कारमा गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोर छन्।
प्रहरीका अनुसार किशोरी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी स्कुलको होस्टेलमा बसेर पढ्थिन्।

पक्राउ पर्ने किशोर पनि किशोरी पढ्नै स्कुलकै विद्यार्थी भएका प्रहरीले जनाएको छ।

‘प्रारम्भिक अनुसन्धानले किशोरी गएको असारदेखि नै बलात्कारमा परेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले भने, ‘किशोरीले आफ्ना साथी (पक्राउ परेका किशोर)सँगको सम्बन्धबाट आफू गर्भवती भएको बयान दिएकी छन्। अनुसन्धानका क्रममा हामीले चौधरीलाई पनि पक्राउ गरेका हौँ।’

प्रहरीका अनुसार किशोरी गएको एक साताअघि करिब चार दिन परिवारको सम्पर्कमा थिइनन्। होस्टल छाडेर हिँडेकी उनी परिवारको सम्पर्कमा पनि नरहेपछि खोजीको लागि भन्दै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेकी थिइन्।

‘चार दिनपछि उनी आफैँ परिवारको सम्पर्कमा पुगेकी रहिछन्। अभिभावकले कहाँ गएकी थिइस् भनेर खोजी गर्ने क्रममा उनले आफू अप्ठ्यारो अवस्थामा रहेको जानकारी गराएपछि अभिभावक बलात्कारको किटानी जाहेरी लिएर प्रहरी कार्यालयमा आएका हुन्,’ डीएसपी मल्लले भने, ‘हामी घटनाको अनुसन्धानको क्रममा छौँ।’

उनले स्वास्थ्य परीक्षणको क्रममा किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। ‘किशोरीकी आमाले जाहेरी दिनु भएको छ। सोही जाहेरीको आधारमा हामीले आरोपीलाई पक्राउ गरेका हौँ,’ उनले भने।
पक्राउ परेका दुबै किशोरले किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।