राहतको पर्खाइमा झापाका ३२१ हात्ती पीडित

बनियानी (झापा), २६ माघ : झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहत माग गरिएकामा एक जना मृतकको रु १० लाख, तीन जना घाइतेका लागि रु पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि रु १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु २१ लाख १५ हजार नौ सय रहेको छ ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मृतक चार जनाको रु ४० लाख, घाइते तीन जनाका लागि रु दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि रु पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रु दुई लाख ५२ हजार सात सय र बालीनाली रु १३ लाख ८७ हजार नौ सय गरी रु ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उहाँको भनाइ थियो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।