उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु
उदयपुर, माघ २६ । उदयपुरको त्रियुगा नगरपालिका- १३ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे ११ बजे गाईघाटबाट बेल्टार तर्फ जादैँ गरेको प्र.१-०५-००१ प्र ४०८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक त्रियुगा- ११ का २२ बर्षीय सुजन कटुवाललाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो भने घाईते भएका पछाडी सवार त्रियुगा- १० का २१ बर्षीय सुनिल दाहालको सोहि अस्पतालमा उपचार भईहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


