धनकुटा र सुनसरी जिल्ला अदालतद्वारा सजाय तोकिएका एक जना फरार प्रतिवादी पक्राउ

बिराटनगर, माघ २६ । कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध र चोरी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

लागुऔषध र चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।०९ गते र मिति २०७९।०३।२८ गतेको सजाय निर्धारण फैसला आदेशले लागुऔषध मुद्धामा ६ महिना २४ दिन कैद र चोरी मुद्धामा ८ महिना २ दिन कैद, नगद २० हजार रुपैँया जरिवाना तथा लागुऔषध मुद्धामा सम्मानित धनकुटा जिल्ला अदालतको मिति २०७२।१२।०३ गतेको सजाय निर्धारण फैसलाले १० महिना ८ दिन कैद र नगद ४ हजार रुपैँया जरिवाना बेरुजु रही फरार रहेका धरान उप-महनगरपालिका- १६ स्थायी घर भई हाल ईटहरी उप-महानगरपालिका- १ आँपगाछी स्थित बस्दै आएका ३२ बर्षीय जोन भन्ने टार्जन मगरलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालत उपस्थित गराईएको तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि झुम्का कारगार पठाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।