झापा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, माघ २६ । झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको खरिद विक्री तथा कारोवार भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपलिका- ८ बाट स्थानीय ४० बर्षीय काली बहादुर तामाङलाई ५ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका – ६ का ३१ बर्षीया उषा चौधरीले त्रियुगा- १३ पिजि चोक स्थित संचालन गर्दै आएका उषा औषधी पसलमा प्रतिबन्धीत औषधी pregabalin, dyclonine, lorazepam, clonazepam र colza गरि जम्मा ४३० ट्याब्लेट फेला पारी संचालक चौधरीलाई समेत जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरी टोलीले फेनारागन, डाईजेपाम, ब्रुपिनोर्फिन र नाईट्रोजन गरि २० एम्पुल औसधी सहित त्रियुगा- ४ का ३१ बर्षीय किरण अधिकारीलाई प्रक्राउ गरेको हो ।

त्यस्तै मोरङको कटहरी गाउँपालिका- ६ का कपिलदेव सहनीको घर कोठाबाट अबैध गाँजा बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा ५ के.जी. ५०० ग्राम गाँजा बरामद गरेको हो भने सहनीलाई नियन्त्रणमा लिई सोधबुझ गर्दा कटहरी- ४ का ३३ बर्षीय सोहनी सहनी समेत बेचबिखानमा संलग्न रहेको भन्ने खुल्न आएसगै निजलाई समेत १ के.जी. गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेक उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।