फष्ट बेञ्चर र लाष्ट बेञ्चरको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशीका मुख्यमन्त्री केदार कार्कीले फष्ट बेञ्चर र लाष्ट बेञ्चर विद्यार्थीकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताएका छन् । न्यू सृष्टि दैनिककाे वार्षिकाेत्सव एबम् सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले ज्ञानकाे मापन अक्षरमा नभइ खाेज र अनुसन्धानका आधारमा हुनुपर्ने बताएका हुन् ।

´फष्ट बेञ्चर र लाष्ट बेञ्चरकाे ज्ञान र क्षमताकाे मापन अक्षरबाट हुँदैन र गर्न पनि मिल्दैन,` उनले भने, ´अल्बर्ट आइन्स्टाइनलगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएकाे बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाकाे शिक्षा र ज्ञानकाे मापन नम्बरमा नै खाेजिरहेका छन् ।` त्यसैले अब अहिलेकाे शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् । शिक्षा र ज्ञान फरक विषय भएकाे सबैले बुझ्नु आवश्यक भएकाे उनकाे भनाइ थियाे ।

´सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै भाषामा शिक्षा दिएर विद्राेहकाे बिऊ राेपिरहेकाे छ,` उनले भने, ´धनी भएकाे कारण अंग्रेजी र गरीव भएकाेले नेपाली माध्यममा शिक्षा प्राप्त गरेकाे असर बालबालिकामा कस्ताे पर्छ भन्ने बुझ्नु पर्दैन ?` विद्यालयकाे एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन मिल्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए । ´त्यही गरीव विद्यार्थीले विभेदकारी शिक्षाबिरूद्ध विद्राेह गर्याे भने के गर्ने ?, उनले भने, ´त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्रुञ्जेल अभियान जारी राख्छु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।