धनकुटामा चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धनकुटा । धनकुटामा आजवाट चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ दमार स्थीत चानुवा माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा धनकुटा जिल्ला भरीका सात पालिकावाट तिन सय पचास भन्दा बढि बिद्यार्थीको सहभागीता रहेको छ ।

जिल्ला खेलकुद बिकास समिती को आयोजना तथा दमार माबिको संयोजनमा सुरु भएको सो प्रतियोगितामा १५ खेलका ३० इभेन्टमा खेल हुने आयोजकले जनाएको छ ।

महिला र पुरुष दुवैतर्फ हुने प्रतियोगिताका विजेताले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिता पहिलो पटक जिल्ला सदरमुकाम बाहिर भएको हो । प्रतियोगिताको ब्यबस्थापन महालक्ष्मी नगरपालिकाले गरेको छ ।

दमारमा माघ २६ देखि दुइ दिन सम्म प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिलाले खेल क्षेत्रलाई मात्र नभई शिक्षा र पर्यटललाई समेत सहयोग पुर्याउने मेयर ध्रबराज रायले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा धनकुटाका प्रदेश सभा सदश्य, प्रालिका प्रमुख खेल प्रशिक्षक खेलाडि शिक्षक तथा बिभिन्न स्कुलका बिद्यार्थीको सहभागिता रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।