वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत मतियारको रूपमा सजाय भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । शुद्धोधन गाउँपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमबहादुर यादवले ठेक्कामार्फत नदीबाट झिकिएको बालुवा तथा गिट्टीको बिक्री आदेशका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई लिइसकेको रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव पक्राउ परेका थिए ।

अनुसन्धानपछि बिक्री आदेशको म्याद थप गर्ने प्रयोजनका लागि घुस मागेको पुष्टि भएपछि अख्तियारले गत असार ११ गते उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा शुक्रवार फैसला सुनाउँदै प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाइएको छ । घुस रकम माग गर्ने वडा अध्यक्ष यादव र बिचौलिया विनोद भरलाई भने मतियारको रूपमा जनही २५ हजार रुपैयाँ जरिवाना र डेढ महिना कैदको फैसला सुनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।