दाजुको बलात्कारबाट बहिनी गर्भवती भएपछि बहिनीले गरिन् दाजुको छोरा अपहरण

काठमाडौं । धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारमा दर्दनाक घटना भएको छ । दाइको बलात्कारबाट २५ वर्षीया युवती गर्भवती भइन् ।

बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु भयो । त्यसपछि माघ २० मा उनले आफूमाथि बलात्कार गर्ने दाइको १३ महिने छोरालाई अपहरण गरेर काठमाडौँ ल्याएको घटना बाहिर आएको छ । पीडितले नाबालकलाई काठमाडौँमा ल्याएर उनका साथिहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छाडिन् ।

तनहुँ घर भएर रातोपुल नजिकै बस्ने २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् । माघ २१ मा बिहान ३ बजेतिर वाकिङमा निस्केकाहरुले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा बालक रोएको आवाज सुनेपति प्रहरीलाई खबर गरे । अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले नाबालकलाई उद्धार गरे । बालकलाई काठमाडौँबाट ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले बलात्कारमा संलग्न ३३ वर्षीय दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ । दाजुलाई हाडनातामा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मिश्रले जानकारी दिए । बलात्कार आरोपी दाइ माघ २१ मा पक्राउ परेका हुन् । बलात्कृत तर, अपहरणमा संलग्न युवतीलाई माघ २४ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

काठमाडौँमा डेरामा बसेर अपहरण गरेको बच्चालाई रातोपुलस्थित सड्कमा राख्न सहयोग गरेको आरोपमा कमल बिक र शारदा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेर अपहरण मुद्दामा अनुसन्धान गरिरहेको छ । दाजुले बलात्कार गरेको खुलेपछि थाक्रे गाउँपालिका–४ घर भएका देवेन्द्र कुमार थापाले पनि ती २५ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट देखिए छ । ३९ वर्षीय देवेन्द्रलाई पनि माघ २१ मा पक्राउ गरेर बलात्कार मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अहिले ३ जना अपहरण र दुईजना बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।