उदयपुर र खोटाङको सिमाना हुँदै बग्ने सुनकोसीमा ¥याफ्टिङ सञ्चालन गरिने

कटारी (उदयपुर) : उदयपुर र खोटाङको सिमाना हुँदै बग्ने सुनकोसीको फोक्सिन्टारदेखि धाप्लाङघाटसम्मको १३ किलोमिटरमा ¥याफ्टिङ सञ्चालन गरिने भएको छ । विश्वकै उत्कृष्ट १० ‘ह्वाइट वाटर ¥याफटिङ’ गन्तव्यभित्र पर्न सफल सुनकोसी नदीमा आगामी फागुन १ गतेदेखि सुरु हुने दोस्रो प्रदेश महोत्सवका अवसरमा ¥याफ्टिङ सञ्चालन गरिने भएको हो ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घले फागुन १ गतेदेखि त्रियुगा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने दोस्रो प्रदेश महोत्सव २०८० को अवसरमा ¥याफ्टिङमार्फत मनोरञ्जन लिनेलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष डेबिड बस्नेतले जानकारी दिनुभयो ।

नेशनल जोग्राफी र ट्राभल डट अर्थले सुनकोसी नदीमा सञ्चालन हुने ह्वाइट वाटर ¥याफ्टिङलाई विश्वका उत्कृष्ट १० भित्र पनि सातौँ नम्बरमा राखेको छ । विश्वभर गरिएको अध्ययनपछि नेशनल जोग्राफीले सन् २०१० मा सुनकोसीमा सञ्चालन गर्न सकिने ¥याफ्टिङलाई उत्कृष्ट १० गन्तव्यमा राखेको हो ।

सुनकोसीमा ¥याफ्टिङ सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । महोत्सवमा आकर्षणका रूपमा समेत ¥याफ्टिङलाई लिइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो ।

जल पर्यटन तथा साहसिक खेलमा चासो राख्ने पारखीका लागि विशेष ध्यानमा राख्दै फोक्सिङटारबाट धाप्लाङघाटसम्म ¥याफ्टिङमार्फत पर्यटकले मनोरञ्जन लिने सङ्घका महासचिव दिनेश श्रेष्ठले जानकारी दिनुभयो । ¥याफ्टिङमा जान चहानेका लागि गाईघाटबाट यातायातका साधनमार्फत फोक्सिङटारसम्म पुर्याइने र साउने तथा फोक्सिङटारमा खाजाको प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

¥याफ्टिङका क्रममा थ्री झर्नाको मनोरञ्जनसमेत लिन सकिने छ । फोक्सिङटारबाट सुरु भएको ¥याफ्टिङ धाप्लाङ घाटमा आएर सम्पन्न हुने र त्यहाँ मनोरञ्जनसहित खानाको समेत व्यवस्था गरिने जनाइएको छ । धाप्लाङघाटबाट पुनः यातायातका साधनसहित गाईघाटसम्म ल्याई पुर्याउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिव्यक्ति रु तीन हजार पाँच सय तोकिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष बस्नेतले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।