धनकुटामा यसरी मनाइदै सोनाम ल्होसार

धनकुटा । आज तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होसार पर्व मनाउँदै छन् । मञ्जुश्री सम्वत् २८६० औं डुक ल्हो सिं खाम सोनाम ल्होछार, माघ शुक्ल प्रतिपदाको दिन आज उनिहरुले कूल पूजाआराधना दानदक्षिणा, ढोगभेट, नाचगान सहित एकापसमा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गर्दछन् ।

यही अवसरमा धनकुटाको हिलेमा भव्य साँस्कृतीक तथा सांगितीक कार्यक्रमको आयोजना गरिने भएको छ । ल्होसार समितीको आयोजनामा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । हिले तोङ्वा चोकमा हुने कार्यक्रममा राष्ट्रिय कलाकार कुन्ति मोक्तान सहित स्थानिय कलाकारहरुको बेजोड सांगितीक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा डम्फु टोलीबाट तामाङ सेलो प्रस्तुत गरिने र तामाङ समूदायको भेषभुषामा आधारित फेशन सो समेत गरिने अयोजक समितीका सन्तोष तितुङले बताउनु भएको छ । फेशन सो वच्चा र ठूला दुई समूूहको हुने तितुङले बताउनुु भयो । फेशन सो का लागि मिस तामाङ पूर्वाञ्चलका विजेता प्रजिता तामाङले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम दिउँसो १ बजेदेखी हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।