प्रदेश राजधानीसँगै विराटनगर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी हो : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर प्रदेश राजधानी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी भएको बताउनुभएको छ ।

सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ महानगर समितिले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विभिन्न जातिको विश्रित बसोबास भएकाले पनि भाषा, कला, साहित्य र संस्कृतिमा विराटनगर निकै धनी रहेको बताउनुभयो । उहाँले प्रदेश राजधानीसँगै सांस्कृतिक राजधानी पनि विराटनगर भएको जिकिर गर्नुभयो ।

“कुनै समय विराटनगर राजनीति र आर्थिक राजधानीका रुपमा परिचित थियो । मलाई लाग्छ अहिले विराटनगरलाई आर्थिक र राजनैतिक राजधानी भन्न नमिल्ला तर यहाँ धेरै जातजातिको बसोबास भएकाले भाषा, साहित्य, कला र संस्कृतिको राजधानी बन्न सकिन्छ ।”
विराटनगरमा १२२ जातिको बसोबास रहेको बताउँदै कोइरालाले हरेक जातिको आफ्नै रीतिरिवाज, भाषासँगै संस्कार र संस्कृति रहेको उल्लेख गर्नुभयो ।

उहाँले हरेक जातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जातजातिको संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगर गम्भीर रहेको सुनाउनुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ महानगर समितिका पूर्वअध्यक्ष कृष्ण तामाङ, आयोजक समितिकी अध्यक्ष विष्णु तामा, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा बल, नेपाल मगर संघ महानगर समितिका अध्यक्ष कुवेर मगर, समाजसेवी नारायण याख्यालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।