धनकुटामा यसरी मनाइयो सोनाम ल्होसार
धनकुटा,२७ माघ । आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायले धनकुटामा पनि विभिन्न कार्यक्रम गरि हर्सोल्लासपूर्वक सोनाम ल्होसार मनाएका छन् ।
२८६० औं सोनाम ल्होसारको अबसरमा धनकुटाको स्कुलडाँडाँ, हिले, उत्तरपानी, सान्ने,तेलिया लगायतका स्थानमा पुरानो बर्षलाई बिदाइ गरि धार्मिक र साँस्कृतिक बिधि अनुसार नयाँ बर्षको स्वागत गरिएको छ ।
ल्होसारको अबसरमा उनिहरुले भूमिपूजा, कुलपूजा, ढोगभेट, नाचगान र शुभकामना आदानप्रदान गरि मनाएका छन् । आज देखि खरायो बर्ष पुरा भएर गरुढ बर्ष प्रवेश भएको छ ।
मुसा, गाई, बाघ, खरायो, लगायत १२ बर्षमा सोनाम ल्होसार लाई विभाजन गरेर मनाईदै आएको छ ।




