धनकुटाको हिलेमा यसरी मनाइयो सोनाम ल्होसार
धनकुटा । आज तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होछार पर्व मनाएका छन् ।
मञ्जु श्री सम्वत २८६० औं डुक ल्हो सिं खाम सोनाम ल्होछार अवसरमा धनकुटाको हिलेमा शुभकामना आदान प्रदान, फेशन सो तथा साँस्कृतीक कार्यक्रम सञ्चालन गरिएको छ ।
हिले ल्होसार समितीको आयोजनामा सञ्चालित कार्यक्रममा राष्ट्रिय कलाकार कुन्ति मोक्तान सहित स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुती प्रदर्शन गरिएको छ ।
कार्यक्रममा डम्फु टोलीबाट तामाङ सेलो प्रस्तुती, साँस्कृतिक नृत्य, तामाङ समूदायको भेषभुषामा आधारित फेशन सो गरिएको अयोजक समितीका अध्यक्ष सन्तोष तितुङले बताउनु भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरुले शूभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्या लिम्बुले गर्नु भएको थियो । यस्तैगरि ल्होछार कै अवसरमा भोलि धनकुटाको पाख्रीवास नगरपालिका वडा नं २ सान्नेमा साँस्कृतीक कार्यक्रमको आयोजना गरिदैछ । माथिल्लो सान्ने स्कूल डाँडामा हुने कार्यक्रममा राष्ट्रिय कलाकार प्रीति आले सहित स्थानिय कालाकारहरुको साँगितिक प्रस्तुती रहने आयोजक नमोवुद्ध विहार गुम्वा सान्नेले जनाएको छ ।


