ल्होछार पर्वले भगवान गौतम वुद्धको ज्ञान र उपदेश विश्व भर पुर्याउन मदत पुर्याउछ :पूर्वमन्त्री राई

धनकुटा । कोशी प्रदेश पूर्व आर्थिक मामिला राज्य मन्त्री निरन राईले कुनैपनि देश विना शान्ति समृद्ध हुन नसक्ने बताउनु भएको छ ।

तामाङ समुदायको मौलिक धार्मिक एवम् साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा धनकुटा नगर घेदुङले शनिवार ह्रिन्छेन छ्योलिङ गुम्बामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

उहाँले कुनैपनि देश विना शान्ति समृद्ध हुन नसक्ने भन्दै भगवान गौतम वुद्धको शान्तिको सन्देश संसारभर फैलिदै जावस भन्ने शुभकामना मन्तव्य राख्नु भएको थियो । पूर्व मन्त्री राईले गुम्बा निर्माणमा आफ्नो तर्फबाट पहल भईरहेको जानकारी दिदै आगामी दिनमा साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले वौद्व धर्म संग सम्बन्धित ल्होछार पर्वले भगवान गौत्म वुद्धको ज्ञान र उपदेश विश्व भर पुर्याउन मदत पुर्याएको बताउनुभयो ।

धनकुटा नगर घेदुङ अध्यक्ष कुल बहादुर तितुङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष जम्शेर छारा, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य विष्णु मोक्तान , नेपाल पत्रकार महासंघ अध्यक्ष नगेन्द्र राई , जसपा जिल्ला अध्यक्ष पार्वती राई लगायत विभिन्न एकलजातिय संघ संगठन , समाजसेवी तथा सामाजिक व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्लामा रहेको विभिन्न सामाजिक संघ संस्था, सरोकारवला निकायका प्रमुख, सुरक्षाकर्मी लगायत स्थानीय बासीको उपस्थिती थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।