ज्यान मार्ने उद्योग मुद्धामा फरार प्रतिवादी राई पक्राउ
बिराटनगर, माघ २८ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान (PIT) समूहबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।२८ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना २४ दिन कैद बेरुजु रही फरार रहेका सुनसरी रामधुनी नगरपालिका- ७ का ३९ बर्षीय अशोक राईलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको छ ।


