विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, माघ २८ । मोरङको बिराटनगर महानगरपालिका- ५ बरगाछि चोक स्थितमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे कंचनबारीबाट बरगाछी तर्फ आउदै गरेको बा. प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को. ३६ प २८८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दुहबी नगरपालिका- ९ सुनसरीका २५ बर्षीय नगेन चौधरीलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार १६ बर्षीय सोस्था चौधरीको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्रक चालक चितवनका ४१ बर्षीय शेर बहादुर राई समेत घाईते भई उपचारको लागि बिराटनर्सिङ् होम तर्फ पठाईएको र घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।