सवारी दुर्घटनामा पर्नुभएका महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

काठमाडौँ, २८ माघः शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ सवार गाडी सडकमा पल्टिँदा उहाँ सामान्य घाइते हुनुभएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “उहाँ आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आउनु भएको हो । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही पनि हुनुहुन्थ्यो ।

गाडीमा रहनुभएका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।