धरानबाट नियन्त्रित लागुऔषध गाँजा सहित १४ जना पक्राउ

सुनसरी, माघ २९ । सुनसरीको धरान उप-महानगरपालिका- १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागुऔषध गाँजा सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आईतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको BR10P9154 र MP17TA0512 नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई वटा गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय राजेश मण्डल, ४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको हो ।

पक्राउ गरेसंगै उक्त घटनामा BR10AJ4486 नम्बरको कार चालक भारत बिहारका २३ बर्षीय सन्तोष साह, कारमा सवार २३ बर्षीय अंकित कुमार यादव, राजा जैसवाल, शिवम् सिंह र सत्यम यादवको संलग्नता रहेको पाईएकोले उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद गरेको लागुऔषध गाँजा, सवारी साधन र पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।