एकै व्यक्तिद्वारा २५ वटा मोटरसाइकल चोरी

उर्लाबारी । मोटरसाइकल चोरी गरेको आरोपमा उर्लाबारी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको व्यक्तिलाई मोरङ जिल्ला अदालतले कैद सजाय निर्धारण गरेको छ ।

नेपाल र भारतका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल गरी करिब २५ वटा सवारीसाधन चोरी गर्ने आफुलाई सन्तोष थापा बताउने मनिकुमार तामाङलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
यस्तै, स्कुटर चोरीसम्बन्धि मुद्दामा उनलाई छुट्टै एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

चोरीमा संलग्न तामाङले एकजना बालक लिएर हिँड्ने, मानिसहरुको विश्वास जितेर सवारीसाधनको रेकी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले बताए । उनले विभिन्न मितिमा २५ वटा बाइक तथा स्कुटी चोरी गरेको स्वीकारेको निरिक्षक दासले जानकारी दिए ।

तामाङलाई गत पुष २१ गते नियन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक दासका अनुसार मोरङको मिक्लाजुङ-३ धोबेनीका गोपाल तामाङको को ३८ प ११०५ पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा उनी पक्राउ परेका थिए । त्ययसपघि विभिन्न मितिमा सवारी साधन चोरी गरेको उनले क्रमैसँग बयान दिएको प्रहरीले जनाएको छ ।

भारत दार्जिलिङ फासिदेवान बस्ने दुर्गा तामाङको नम्बर याद नभएको मोटरसाइकल १ थान, मोरङ मिक्लाजुङ ९ का सन्देश मगरको टिभिएस कम्पनीको स्कुटी १ थान, इलाम दानाबारीमा होटलको पार्किङ स्थलबाट चोरी गरेको स्कुटी १ थान, भारतका विभिन्न स्थानबाट मेटरसाइकल ५ थान मोटरसाइकल चोरी गरेको तामाङले बयानमा खुलाएका थिए ।
उनलाई झापा मेचीनगर ११ का मनबहादुर लामाको आइफोन ८ चोरी गरेको आरोप पनि छ । मोरङ बेलबारी नगरपालिका ४ स्थायी ठेगाना भएका तामाङले भारतको पश्चिम बंगालस्थित बागडोग्रामा डेरा लिइ नेपाल भारत दुवैतर्फ आपराधिक गतिविधि संचालन गर्दै आएको प्रहरीेको मुद्दा अभियोजनमा उल्लेख छ ।

तामाङको साथबाट दुईवटा मोटरसाइकल र एक थान स्कुटी उर्लाबारी प्रहरीले बरामद गरिसकेको छ । शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी भएका र ति घटनामा अन्य व्यक्तिपनि संलग्न हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दासको भनाई छ ।-स्रोत :उर्लाबारीको न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।