धनकुटाको चौविसेमा ट्याक्टरले किचेर एकको मृत्यु
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ८ मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।
चौबिसे गाउँपालिका ८ अठार सय बस्ने ३६ वर्षीय दिलप्रसाद तामाङको ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भित्री कच्ची सडक खण्डमा चौबिसे–८ बस्ने ३२ वर्षीय टंकबहादुर खड्काले चलाएको को२त ५०६३ नम्बरको ट्रयाक्टरले किचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टयाक्टरबाट भुईमा खसी ट्रयाक्टरले किचेर उनी गम्भीर घाइते भएका थिए । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
उनी ट्रयाक्टरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । चालकको लापरवाहीले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।-एचआर न्युजको सहयोगमा


