धनकुटा कांग्रेसद्वारा २७ बुंदे सुझाव तयार

धनकुटा । नेपाली कांग्रेस धनकुटाले महासमिति बैठकको नीति र विधानको लागि केन्द्र देखि टोल कार्य समितिको नेतृत्व चयन र हरेक तहको उम्मेदवार क्रियाशिल सदस्यबाट छनौट गर्ने व्यवस्था सहितको २७ बुदे सुझाव तयार गरी पठाएको छ ।

पार्टीका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा विभिन्न चरणमा नेता तथा कार्यकर्ताहरुसंग छलफल, अन्र्तक्रिया र परार्पश गरी कांग्रेसको नीति र विद्यान संसोधन गर्न २९ बुदे सुझाव तयार गरी महासमितिको बैठकबाट पारित गर्न पठाउने भएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।

केन्द्र देखी टोल कार्य समितिको सभापति सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सवै क्रियालिश सदस्यले भोट दिने विद्यानमा व्यवस्था गर्न सुझाव दिएको छ ।

पार्टीका केन्द्रिय सदस्य,दुवै तहका सांसद र सासंदका उम्मेदवार वडा तहबाटै प्रतिनिधिमा निर्वाचित भई आउनु पर्ने,सम्पर्क समिति,भात्तृ तथा शुभेच्छुक संस्थाहरुबाट समेत जिल्ला अधिवेशनको लागि क्षेत्रिय प्रतिनीधिको व्यवस्था गर्न ,केन्द्र देखी टोल समिति सम्म महिला उपसभापति,महिला महामन्त्रि–सचिव र सहमहामन्त्री –सहसचिव निर्वाचित हुने विधानमा व्यवस्था गर्न माग गरिएको छ । र प्रत्येक प्रदेशबाट एक महिला सहित ४–४ जना केन्द्रिय सदस्य निर्वाचित हुने विधानमा व्यवस्था गर्न माग सहित सुझाव दिएको जिल्ला सचिव राईले वताउनु भयो ।

स्वास्थ्य सेवालाई नि शुल्क अनिवार्य बनाउन स्वास्थ्य बिमालाई बढाएर पाच लाख सम्म तत्काल पुयर्नउन स्वास्थ्य निति बनाउनु पर्ने,शिक्षा नितिमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई सरकारको जमानिमा एक प्रतिशतमा शैक्षिक ऋण अनिवार्य उपलब्ध गराउनु पर्ने । जेष्ठ नागरिकहरुलाई सरकारले अनिवार्य पालन पोषणको व्यवस्था गर्नु पर्ने र यूवा नितिमा यूवाहरुलाई रोजगार स्वरोजगार बनाउनु पर्ने । र यूवाहरुलाई शिप मुलुक प्राविधिक शिक्षा दिई सरकारको जमानीमा सहुलियत दरमा ऋण अनिवार्य उपलब्ध गराई व्यावसाय संचालन गर्न लगाउनु पर्ने । खेलकुदलाई अभियानको रुपमा हरेक तहमा संचालन गर्नु पर्ने लगायतका विभिन्न सुझावहरु तयार गरिएको जिल्ला सभापति राईले वताउनु भयो ।

साथै हरेक तहको उम्मेदवार नेताले छनौवट नगरी कार्यकर्ताहरुबाटै छनौवट गर्न, सदस्यहरुबाट भोट गरी उम्मेदवार छनौवट गर्ने नीति बनाउने पर्ने समेत सुझाव तयार गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।