इलामको ऐना पोखरी पर्यटकको रोजाइमा

फिक्कल (इलाम), १ फागुन : इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको हो ।

पर्यटकलाई ऐनापोखरीसम्म पुग्न सहजताका लागि चुलाचुली गाउँपालिकाले मोटरेबल सडक निर्माण गरेको छ । अन्य पूर्वाधारका कामसमेत क्रमशः गर्दै लैजाने योजनामा रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । ऐनापोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा महोत्सवले सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

आजदेखि ऐनापोखरी पर्यटन महोत्सव

यसैबीच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चुलाचुली गाउँपालिकामा आजदेखि ऐनापोखरी पर्यटन महोत्सव आयोजना हुँदैछ । चुलाचुली ऐनापोखरी संरक्षण तथा श्रम पार्कको आयोजनामा चुलाचुली–३ र ४ को सङ्गमस्थलमा महोत्सव आयोजना हुन लागेको हो ।

यही फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले बताउनुभयो ।

महोत्सवमा आदिवासी लिम्बू, राई, कुमाल, नेवार, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो । “यहाँका आदवासी भूमिपुत्रहरूको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न प्रयत्न गर्नेछौँ । यसका लागि सातै दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।”

महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्यको सङ्गिनीलगायत प्रस्तुत गरिने जनाइएको छ ।

चुलाचुली गाउँपालिका आदिवासी लिम्बू र राई जातिको बाहुल्यता भएको गाउँपालिका हो । महोत्सवमा पर्यटकलाई रैथाने आदिवासी जनजातिको परिकार चखाउनेसमेत आयोजकको लक्ष्य छ । महोत्सवमा कोदोको ढिँडो र रोटी, गुन्द्रुकको अचार, वाचिपा, केरा, सिमलतरुल र त्यहाँबाट उत्पादन हुने विभिन्न परिकारको स्वाद चाख्न पाइने छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।