पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ ।

सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको पाइन्छ । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड लागतमा निर्माण भएको र यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालेको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको भन्दै विस्तारै बजेट मागेर काम गरिरहेको उहाँको भनाइ छ ।

विहार क्षेत्रमा पर्यटक बढाउन प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना रहे पनि बजेट कम हुँदा काम गर्न नसकिएको उहाँको भनाइ छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतिक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउनुहुन्छ ।

“बजेट अभाव र विभिन्न कारणले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सफल भएका थियौँ, तर जुन प्रकारको बन्नुपथ्र्यो, त्योअनुसारको कममात्रामा भयो, बजेट पर्दैछ, अब विस्तारै भए पनि पूर्णता दिने प्रयास गरिरहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यो ठाउँ अत्यन्तै पर्यटकीय सम्भावना बोकेको हुँदा बुद्ध विहारले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ, अहिले त्यति व्यवस्थित भएको छैन, तर पनि मासिक डेढ÷दुई सय पर्यटक आउने गर्नुभएको छ ।”

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले उदय रिघा बुद्ध विहारलाई नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उहाँको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको भन्दै योसँगै अन्य धार्मिक पर्यटकीय गन्तव्यमा संरचना निर्माणमा जोड दिइएको भण्डारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बुद्ध विहारलाई यस वर्ष प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गरेर सहयोग गरेको छ, हामीहरुले यसमा बर्सेनि लगानी गर्दै आएका छौँ, यो ठाउँ निकै रमणीय रहेको हुँदा बाहिरबाट पनि धेरै पर्यटक आउने गरेका छन्, सडक अलिकति अप्ठ्यारो छ, यसको स्तरोन्नतिका लागि माथिल्लो तहका सरकारसँग सहकार्य गर्ने योजना बनाएका छौँ, केही वर्षमा यो ठाउँ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने निश्चित छ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।