मोरङ र सुनसरीबाट भोजपुर हतुवागढीका राई सहित ५ जना प्रतिबन्धित लागुऔषध सहित पक्राउ

मोरङ, फाल्गुन १ । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह ५ बजे बिराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ बर्षीया हेमा तामाङ र ४० बर्षीया मुना लामालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ११ ग्राम ब्राउनसुगर फेला पक्राउ गरेको हो भने बिराटनगर- १६ हुलास चोकबाट एभिल, फेनारागन, डाइजोपाम र लुपिजेशिक गरी जम्मा ७६ एम्पुल प्रतिबन्धित औषधी सहित सुन्दरहरैचा- ६ का ३५ बर्षीय संजिब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते राती १ बजे राजाबास स्थित घाट नजिक कोशीको किनारमा देश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरी टोलीले १३ बोरामा ४ सय ६ किलो ९४० ग्राम अबैध लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै बोलेरो चालक धरान उप-महानगरपालिका- ४ का २५ बर्षीय सुर्य राई र हतुवागढी गाउँपालिका- ८ भोजपुरका २७ बर्षीय लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।