धाकधम्की दिई जबरजस्ती चन्दा माग गर्ने २ जना बिष्फोटक पदार्थ सहित पक्राउ

बिराटनगर,फागुन १ । शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।

बिगत केही समय देखी मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) लेखीएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा माङसेबुङ गाऊपालिका-१ गजुरमुखी ईलामका ३८ बर्षीय प्रबिण मिश्र र याङवरक गाउँपालिका-१ च्याङथापु पाँचथरका ३० बर्षीय बिपिन अधिकारी रहेका छन् ।

पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लामो डेडकर्ड, सोडा आधा केजी ,सहयोग रसिद २ ठेलि, आर्थिक सहयोग सम्बन्धी लेखीएको पत्र ५ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, मोवायल ३ थान र एनसेलका सिमहरु ५ थान तथा अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १/१ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, एसबिआई बैकको चेकबुक, मोवायल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ ।

पक्राउ परेको यही समुहले बिराटनगर-३ मा रहेको खालि चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त बस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।