भेडेटारबाट ठूलो परिमाणमा गाँजा सहित चार जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

बुधवार विहान करिव २ बजे श‌ंका लागि चेकजाँच गर्दा डिजेल पेट्रोल वाेक्ने ट्याङ्करमा ५ सय ९४ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजवावु महर्जनले बताए ।

गाँजा सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् । पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ । मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्ति सहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले बताए ।

मुलघाट देखि विराटनगर तर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध वोकेको शंका चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने पाँच वडा डिब्बा (केल) मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा फेला परेको प्रहरीको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।