कोशी प्रदेशका पूर्व प्रमुख तुम्वाहाङ अभिनन्दित
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ३ मा रहेको दामोदर माध्यमिक विद्यालयले आफ्नो ६७ औं स्थापना दिवसको अबसरमा कोशी प्रदेशका प्रथम प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वाहाङ लाई अभिनन्दन गरेको छ ।
स्थापना दिवशको अवसरमा पूर्व प्रदेश प्रमुख तुम्वाहाङ लाई विद्यालयले अभिन्दन गरेको हो । पूर्व प्रदेश प्रमुख तुम्वाहाङ दामोदर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी र प्रधानाध्यापक समेत हुन ।
यस्तै विद्यालयले अक्षयकोष दातालाई सम्मान र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । दाताहरुको सहयोगमा विद्यालयले पाँचलाख २० हजार रुपैयाँ राशिको विभिन्न १६ वटा छात्रवृत्ति कोष संचालन गरि जेहेन्दार विद्यार्थीहरुलाई वितरण गर्दै आएको छ ।
कार्यक्रममा शिक्षा प्रेमि अभिभावक कोषका लागि रकम उपलब्ध गराउँने १३ जना दातालाई पनि सम्मान गरिएको छ । स्थापना दिवशमा जनप्रतिनिधी, चन्दादाता, पूर्व विद्यार्थी , पत्रकार, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।


