श्री २ नं वाहिनी अड्डा हिलेमा यसरी सम्पन्न भयो ‘भूपू सैनिक सम्मेलन
धनकुटा । नेपाली सेनाले आज विभिन्न कार्यक्रम गर्दै भू.पू सैनिक सम्मेलन मनाएको छ । यही अवसरमा धनकुटाको हिलेमा पनि ’’भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा, सेना प्रतिको समपर्ण र भरोसा भन्ने नारा’का साथ भव्य रुपमा सम्मेलन सम्पन्न गरिएको छ ।
पूर्वी पृतना हेड क्वाटर मुख्य केन्द्र अन्र्तगत श्री २ नं वाहिनी अड्डा हिले व्यारेक, धनकुटा उपकेन्द्रमा भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटा ४ जिल्लाका भू पू सैनिक सहभागि सम्मेलनको प्रमुख अतिथी श्री २ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी राम काजी थापाले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको थियो ।
सम्मेलनमा जेष्ठ भू पू सैनिक तथा एकल महिलालाई सम्मान, ह्वील चियर÷वैशाखी वितरण, स्वास्थोपचार सेवा,निवृतीभरण पट्टा तथा परिचयपत्र नविकरण, पि क्याच÷सल, ट्रयाकसुट÷स्वीटर, झोला प्रदान गरिएको छ । सम्मेलनले अवकाश प्राप्त सैनिकहरुको जीवनमा थप उर्जा एवं शक्ती मिल्ने र समाजमा सम्मानित जीवन यापन गर्दै सेना प्रति सकरात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप हौसला मिल्ने विश्वास गरिएको सेनाले जनाएको छ ।
साथै सैनिक कल्याणकारी कोष नियमावली २०६५ बेजिम संचालित सैनिक कल्याणकारी कोषले राष्ट्रको लागि जिउज्यान अर्पेर अनवरत सेवा गरेका वहालवाल सैनिक,भू=पू सैनिक,वीरगति प्राप्त सैनिकका परिवार र आश्रित परिवारको औषधोपचार, स्वास्थ्य सेवा उपलब्ध गराउने,विद्यालय तथा महाविद्यालय स्थापना गरि शिक्षा प्रदान गर्ने, आवास उपलब्ध, आयमूलक कार्य संचालन सहित विविध सेवा सुविधा प्रदान गर्दै आएको सम्मेलनमा जानकारी गराईएको छ ।
कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरुको जीवनलाई सरल र सहज बनाउन प्रयत्नशिल रहेको समेत जनाईएको छ । सम्मेलनमा नेपाली सेनाहरुबाट राष्ट्रिय गानमा नृत्य, लाखे नाच, छलिया नाच समेत प्रदर्शन गरिएको थियो ।
नेपाली सेनाले २०७० सालदेखी फागुन ३ गते भू.पू सैनिक सम्मेलनको आयोजना गर्दै आएको छ ।







