आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको हो ।

त्यस्तै विद्यायले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईं, प्रवेश दुलालसहित विभिन्न संकायका संयोजकहरुलाई पनि सम्मान गरेको छ । सफाई कर्मचारी रिंकी मरिक र अम्विका कुमारीलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शैक्षिक विकासमा आदर्श माविको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलगायत विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका व्यक्तिहरुले अध्ययन गरेकाले पनि आदर्श विद्यालयको गरिमा उच्च रहेको मेयर कोइरालाले बताउनुभयो । आदर्श माविले प्राविधिक शिक्षालाई प्राथमिकता राखेकोमा खुसी व्यक्त गर्दै उहाँले अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्राविधिक शिक्षा बिना अब रोजगारी पाउने अवस्था नरहेको उहाँको भनाइ थियो । विद्यालयस्तरदेखि नै स्वरोजगारमूलक र व्यवहारिक शिक्षा दिनु जरुरी रहेको मेयर कोइरालाले बताउनुभयो । “विद्यालय तहदेखि नै प्राविधिक, सीपमुलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्छन्,” उहाँले भन्नुभयो, “हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् । त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन् ।”
विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयलमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त १८ र २४ महिने कम्प्युटर तालिमलगायत विभिन्न प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

उहाँले २०८० सालमा सामुदायिक विद्यालयतर्फ प्राविधिक शिक्षामा नेपालभरिमै सर्वोत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको उल्लेख गर्नुभयो । आदर्श माविले समावेशी शिक्षालाई पनि समावेश गरेको पोखरेलले बताउनुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले वि.सं. १९८६ मा स्थापना गर्नुभएको विद्यालयमा हाल ३ हजार ४७४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।