विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै

विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामार्फत महानगर क्षेत्रका १८० जना लैंगिक हिंसा प्रभावितले सेवा प्राप्त गरेका छन् ।

सो परियोजना युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि सञ्चालित छ । सो परियोजना महानगरपालिकाको समेत लागत साझेदारी रहेको छ । सन् २०२३ मा कोशी अस्पतालअन्तर्गतको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका ४३१ जना लैंगिक हिंसा प्रभावितमध्ये १८० जना (४२ प्रतिशत) महानगर क्षेत्रभित्रका रहेको आइपासका प्रदेश संयोजक सरोज भुसालले जानकारी दिनुभयो । अन्य विराटनगर आसपासका पालिकाबाट आएका लैंगिक हिंसा प्रभावितले सेवा लिएको पाइएको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा शुक्रबार परियोजनाअन्तर्गत सन् २०२३ को रोकथाम र प्रतिकार्यतर्फको वार्षिक प्रगति र सन् २०२४ को जुनसम्मको कार्ययोजना प्रस्तुत गरिएको थियो । स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा कार्ययोजना प्रस्तुत गरिएको हो ।

प्रतिवेदनअनुसार रोकथामतर्फ ८६ जोडी तथा नजिकका परिवारजनलाई सहभागी गराई परिवार संवाद गरिएको थियो । परिवार संवादमा ५८२ जनाको सहभागिता रहेको थियो । सहभागीहरूबाट लैंगिक हिंसा रोकथाम, सामाजिक मूल्यमान्यता, हिंसाको असर तथा प्रभावबारे जानकारी प्राप्त भई उनीहरूको सम्बन्धमा सकारात्मक सुधार तथा परिवारमा घरेलु हिंसा न्यूनीकरण भएको भिएसओका लैंगिक विशेषज्ञ सुनिलकुमार साहले बताउनुभयो । कार्यक्रममा भिएसओ र कोकनका तर्फबाट कृष्ण राईले रोकथामतर्फको प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विराटनगर महानगरको १, ६, १२, १४ र १५ वडामा विगत ३ वर्षदेखि परियोजना सञ्चालन भइरहेको महानगरको महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले जानकारी दिनुभयो । कार्यक्रममा मेयर नागेश कोइरालाले महानगरका अन्य वडामा पनि सेवा विस्तार गर्न सरोकारवाला संस्थालाई आग्रह गर्नुभयो । परियोजना सञ्चालनमा आएपछि लैंगिक विभेदमा आधारित हिंसा निकै कमी आएको उपमेयर शिल्पा निराला कार्कीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले परियोजनालाई अझै वृहत रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख विजय श्रेष्ठ, महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखाकी प्रमुख शारदा थपलिया, कोकनका सल्लाहकार कोशराज न्यौपानेलगायतले लैंगिक विभेदमा आधारित हिंसा रोकथाममा परियोजनाले महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।