सांगुरीगढी गाउँपालिकाको लोगो सार्वजनिक

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।

गाउँपालिकाले १४ औं गाउँसभाको अवसर पारेर शुक्रवार लोगो सार्वजनिक गरेको हो ।

पालिकाको ऐतिहासिक, पुरातात्विक महत्वको क्षेत्रहरु समेटेर लोगो तयार पारिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।

लोगोको माथिल्लो भागमा लालीगुराँसको दुई थुंगाको वीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रिवन भित्र पालिकाको नाम राखिएको छ । त्यस्तै लोगोको दाँया र वायाँ क्षेत्रमा कृषिजन्य उत्पादनको प्रतिकको रुपमा धानको वाला राखिएको छ ।

लोगोको भित्री क्षेत्रको माथिल्लो भागमा गाउँपालिका क्षेत्रवाट देखि मकालु, कुम्भकर्ण र कञ्चनजंगा हिमाल, त्यसपछि पहाडी क्षेत्रको भूभाग समेटिने पहाड र पर्यटनक्षेत्रलाई समेट्ने पदयात्रा राखिएको छ । त्यस्तै ऐतिहासिक साँगुरीगढी, वडागत नक्सा, झरना र सप्तकोशी नदि र त्यहाँ रहेको किराती समुदायको ऐतिहासिक खुवालुङ ढुंगा समेटिएको छ ।

लोगोको लागि गाउँपालिकाले सार्वजनिक सूचना गरि आव्हान गरेकोे थियो । छनोटका लागि विज्ञ टोली निर्माण गरिएको थियो । विज्ञ टोलीवाट छनोट भएको लोगोलाई कार्यपालिका वैठकबाट निर्णय गरि उक्त निर्णयलाई गाउँपालिकाबाट पारित गरिएको अध्यक्ष राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।