पाख्रीवास ८ का दुई विद्यालयका विद्यार्थीहरुलाई प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक औषधि प्रदान
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का दुई विद्यालयका विद्यार्थीहरुलाई प्राथमिक स्वास्थ्य उपचारका लागि औषधि प्रदान गरिएको छ ।
श्री सरस्वती माद्यमिक विद्यालय घामे र श्री महेन्द्र आधारभुत विद्यालय काभ्रेलाई वडा को तर्फबाट औषधि प्रदान गरिएको हो । वडाध्यक्ष जगेन्द्र राई,सदस्य हेम गिरी, अन्य वडा सदस्हर र वडा सचिव हिरामान राई, मुगा स्वास्थ चौकिका प्रमुख मिम शाही सहितको टोलि विद्यालयमै पुगेर विद्यार्थीहरुलाई प्राथामिक उपचारका लागि आवश्यक पर्ने औषधिहरु प्रदान गरिएको छ ।
वालवालिकाहरुका लागि जुकाको औषधि, आईरन चक्की, सिटामोल व्याण्डेज लगायतका औषधि प्रदान गरिएको वडाध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयो । अब केही दिनमा श्री प्रावि कात्तिके र जलकन्या प्रावि थापागाउँका विद्यार्थीहरुलाई पनि औषधि प्रदान गरिने वडाध्यक्ष राईले बताउनु भएको छ ।
यसैवीच विद्यालयमा विद्यार्थीहरुले दिवा खाजाको रुपमा कस्ता खाजा खानेगरेका छन् भन्नेवारे पनि अनुगमन गरिएको छ । अनुगमनको क्रममा ती विद्यालयका विद्यार्थीहरुले गाउँघरमै उत्पादित अन्नवाली तथा फलफुलको खानेकुरा खाजाको रुपमा खाने गरेको पाईएको वडाध्यक्ष राईले बताउनु भएको छ । त्यसमा पनि बढी मात्रामा खानालाई नै खाजाको रुपमा विद्यार्थीहरुले खाने गरेको पाईएको उहाँको भनाई छ ।
कक्षा ५ सम्म अध्ययन गर्र्ने वालवालिकाहरुका लागि सरकारले दिवा खाजाका लागि दैनिक १५ रुपयाँ प्रदान गर्दै आएको छ ।


