जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण

उदयपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय उदयपुर जिल्लाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेश तथा हिरासत कक्षको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्नु पर्ने बताउनु भएको छ ।

वहाँले नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन तथा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गर्नका साथै प्रभावकारीरुपमा सचेतनामुलक कार्यक्रम संचालन गर्न समेत निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी कर्मचारीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।