धनकुटाको सहिदभुमिमा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकालाई

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ ।

सहिदभुमिको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा षडानन्दले दमकलाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउँदै उपाधि जितेको हो ।

विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्दका बालकुमार रायमाझी घोषित हुनुभयो । उहाँले नगद १० हजार रुपैयाँ हात पार्नुभयो । यस्तै उत्कृष्ट स्पाइकर षडानन्दकै कृष्ण रसाइली, उत्कृष्ट सरभर सभापोखरी गाउँपालिका सङ्खुवासभाका प्रदीप कट्टेल र उत्कृष्ट सेटर षडानन्दका जयराम खत्री घोषित हुनुभयो । उत्कृष्ट डिफेन्स बेलबारी नगरपालिका मोरङका लिला श्रेष्ठ, उत्कृष्ट ब्लकर दमकका रोमन बस्नेत र उत्कृष्ट कोच षडानन्दका कुमार कटुवाल घोषित हुनुभयो ।

विधागत उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरेको सहिद प्रकाश थापा स्मृति ट्रष्टका सचिव अर्जुन थापाले एचआर न्युजलाई जानकारी दिनुभयो ।

विजयी खेलाडीहरूलाई कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

२०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झनामा २०७६ सालबाट ट्रष्ट स्थापना गरी प्रतियोगिता हुँदै आएको छ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।