लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ पाख्रीवास नगर कमिटी गठन
पाख्रिबास,धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को बर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ,नेपालको धनकुटा जिल्ला पाख्रीवास नगर कमिटी गठन गरिएको छ ।
कमिटिको अध्यक्षमा चन्द्रलाल घिसिंग,उपाध्यक्षमा महेन्द्र राई,सचिव ईन्द्रलाल तामांग,सह सचिव बम बहादुर गुरुंग र कोषाध्यक्षमा गंगा मगर चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा नीम बहादुर राना,चन्द्र आले मगर,मदन आले,पहलमान तामांग,बम बहादुर राई,राम बहादुर लुंगेली मगर,सुरज लिम्बु,ठिक बहादुर राई,पर्वत भुजेल,भक्त बहादुर राना मगर,दुर्गा बहादुर ल्हामो,धनविर तामांग,निरन श्रेष्ठ,प्रेम तामांग,चरण कुथुमी,लोक बहादुर तामांग,गजम राई र दिवश भुजेल चयन भएका छन् ।
भेलामा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको केन्द्रीय सदस्य पेमा तामाङ ,प्रदेश सदस्य खजेन्द्र राई ,भैरव याम्फु,धनकुटा जिल्ला उपाध्यक्ष टेक बहादुर गोङ्ग्बा लगायत जिल्ला पार्टी कमिटी सचिवालय सदस्यहरु,नगर कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो ।




