जेनिथ इन्टरनेशनल कलेजद्वारा उद्योगी घिमिरेसहित ६ जना सम्मानित

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका घिमिरेसहित ब्रम्हाकुमारी राजयोगकी ब्रम्हाकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्रध्यापक राधेश्याम राठीलाई सम्मान गरेको हो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठलाई पनि कलेजले सम्मान गरेको छ ।

यसैगरी कलेजका शिक्षक प्रा.डा. नन्दलाल साह र सहप्राध्यापक प्रदीपकुमार दुबे पनि सम्मानित भएका छन् । उनीहरु सबैलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । उद्योग, समाजसेवा र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरुलाई सम्मान गरिएको कलेजका निर्देशक एफसीए अश्विनी वंशलले जानकारी दिए ।

त्यस्तै २०८० सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उपकुलपति प्रा.डा. कोइराला, रजिष्टार निलमणि पोखरेल, डिन डा. श्रेष्ठ, सहडिन सोनिला शाक्य, डिन कलेजका कार्यकारी अध्यक्ष चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कलेजमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।